पछिल्लो संसदीय चुनावी परिणामपछि खुम्चिएको कांग्रेसले पुनर्जीवन खोजिरहेको छ। तर कांग्रेस नेतृत्वले आफैलाई विश्वास गर्न सकिरहेको छैन। धर्मराएको विश्वासले आफ्नै सिद्धान्त र मान्यताविपरीत अभिव्यक्ति दिँदैछन्, कांग्रेसी नेताहरु। यो बेला कांग्रेसको चेतना पश्चगमनतिर लम्किरहेको संकेत गर्छ।
कांग्रेसले धेरै पर हेर्न र सोच्न छाडिसकेको छ। सामाजिक मुद्दामा होस् वा राजनीतिक उपलब्धि, कांग्रेस पछाडि फर्केर हिँड्न थालेको आभास हुन्छ। कांग्रेसभित्र हिन्दु राष्ट्रको माग राम्रैसँग चर्किन थालेको छ। यो सवालमा शीर्ष तहका नेता नबोले पनि दोस्रो तहका नेता राम्रैसँग मुखरित भइसके। यीबाहेक समाजका अन्य विषयसँग पनि कांग्रेसका नेताहरुले साँघुरो सोच राख्छन् भन्ने सांसद देवेन्द्रराज कँडेल र डिला संग्रौलाको उक्तिबाट थाहा हुन्छ। सांसद कँडेलले विवाहित महिलालाई धेरै अधिकारको कुरा सिकाए परिवार विघठन हुन्छ भनेका थिए।
महिला अधिकार समानतासँग जोडिएको छ। कुनै पनि लोकतान्त्रिक पार्टीको नेताले समानताको विरुद्ध बोल्दैन। सांसद संग्रौलाले, पछिल्लो पटक चलचित्रमा राष्ट्रप्रेम भन्दा माया प्रेमका कुरा बढी देखाइएकाले बलात्कारको घटना बढे भन्ने आसय व्यक्त गरिन्। एउटा कलाको विधा साथै त्यसमा समेटिएका माया प्रेमको विषयले बलात्कार बढ्यो भन्नु युक्तिसंगत देखिँदैन।
सात दशकअघि कांग्रेसको नेतृत्व अगाडि फर्किएर सोच्थ्यो। अहिले पछाडि फर्किएर सोच्छ। विश्वेश्वरप्रसाद कोइरालाको नाम निरन्तर बेच्छ कांग्रेस तर उनको सपना साकार पार्ने योजना वा कार्यक्रम ल्याउन सक्दैन।
कांग्रेसमा प्रगतिशील र लोकतान्त्रिक बहसको अभाव हुँदै जानुको परिणाम पनि हुन् माथिका घटनाहरु।
हिजोआज कांग्रेस आन्तरिक गुटको झगडामा यति मस्त छ कि ऊसँग नयाँ योजना, कार्यक्रम र मुद्दा तय गर्ने तथा छलफल बहस गर्ने समय नै छैन। शीर्ष नेताले व्यक्तिगत महात्कांक्षाले उब्जिएको द्वन्द्व र त्यसको व्यवस्थापनमै पार्टी रुमल्लिइरहेको छ। गुट सञ्चालन गर्ने नेताको व्यक्तिगत स्वार्थमा सिंगो पार्टी अन्योलग्रस्त छ। कांग्रेसमा नेताको व्यक्तिगत महात्वाकांक्षाको झगडा नयाँ भने होइन। २००७ सालदेखि नै कांग्रेसी नेताहरु महत्वाकांक्षाको कारण कित्ताकाटमा देखिन थालेका थिए। त्यो बेला पनि एक-अर्कालाई पन्छाउने र आफू अघि बढ्ने खेल नचलेका होइनन्। उनीहरुको यो रुचिमा बाह्य शक्तिले खेलेको पनि देखिन्छ। तर यस्ता खेल पहिले अहिले जस्तो विकृत थिएन।
विगतसँग जोडिएका लेख, रचना वा समाचार पढ्दा कांग्रेस अहिलेभन्दा पहिले बढी लोकतान्त्रिक देखिन्छ। आन्तरिक लोकतन्त्र, विधि तथा प्रक्रियालाई भुल्दै गएको कांग्रेस आलोचित मात्र छैन। अन्योलको भुमरीमा हराउँदै गएको छ। अलमलले अगाडि जाने बाटो पहिल्याउन नसकेर कांग्रेस ब्याक गियरमा यात्रा गर्ने सोचमा छ। यसको प्रमुख प्रमाण हो, कांग्रेसमा चर्किंदै गएको हिन्दु राज्यको माग।
अबको नयाँ पुस्ताले हिन्दु राष्ट्रको माग वा स्थापना गरेकै आधारमा भोट दिइरहँदैनन्। सिद्धान्तत: कुनै मुद्दा वा व्यवस्था स्थापित गरेको भन्दैमा जनताले त्यो पार्टीलाई निरन्तर मत दिँदैन। यो कुरा कांग्रेसले आफ्नै इतिहासबाट सिके पनि हुन्छ।
हिन्दु राज्यको मुद्दा अघि सारे अर्को चुनावमा राम्रै मत पाइन्छ भन्ने कांग्रेसी कार्यकर्ताको बुझाइ देखिन्छ। त्यही कारण हिन्दु राज्यको पक्षमा उभिनुपर्छ भन्ने मत छ कांग्रेसी कार्यकर्तामा। कार्यकर्ताको यही भनाइमा बहकिँदै गएको देखिन्छ नेतृत्व पनि। तर यस्तो दिवास्वप्नबाट जति छिटो ब्युँझियो, उति राम्रो हुन्छ कांग्रेसलाई। हुन त हिन्दु धर्मको आडमा राजनीति गरिरहेको भारतीय जनता पार्टी (भाजपा) को प्रगति देखिएको छ, छिमेकी राष्ट्रमा। भारतमा भाजपाले धर्मको आडमा गरेको राजनीतिक प्रगति देखेर कांग्रेस लोभिएको हुन सक्छ। तर यो भारत होइन। यहाँका मानिसहरु भारतीयजति जडसुत्रवादी छैनन् भन्ने पछिल्ला १० वर्ष चलेका पेचिला मुद्दाहरुले देखाइसकेको छ।
तसर्थ, हिन्दु राज्यको भजन गाएर कांग्रेसको प्रगति नहुने निश्चित छ। यो कुरा बुझ्न कांग्रेसीजनले धेरै मेहनत गर्नु पर्दैन। कुनै ठोस खोज तथा अनुसन्धान गर्नु पनि जरुरी छैन। निरन्तर हिन्दु राष्ट्रको वकालत गरिरहेका कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हेरे पुग्छ। ८० प्रतिशतभन्दा बढी हिन्दु छन् भनिएको देशमा, कमल थापाको पार्टीले प्रतिनिधिसभामा एक मात्र सिट जितेको छ। त्यो पनि चुनावी तालमेल गरेका तात्कालीन एमाले र माओवादीको निगाहमा।
संविधानमा त नेपाल धर्मनिरपेक्ष राज्य हो। संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भएको हो। आज पनि आफ्नो नेतृत्वमा निर्मित संविधानलाई महत्वपूर्ण उपलब्धि मान्छन्, कांग्रेसी नेताहरु। तर संविधानको महत्वपूर्ण विशेषता धर्म निरपेक्षतालाई चुनौती दिएर कांग्रेसले कति वटा चुनाव जित्ने लक्ष्य राखेको हो? किनभने हिन्दु राष्ट्रको नाममा कालान्तरसम्म राजनीतिक खेती सप्रिँदैन। जनताको आवश्यकता र सपनासँग राजनीतिक दलको योजना र व्यवहार जोडिनु अनिवार्य छ। साथै, अबको नयाँ पुस्ताले हिन्दु राष्ट्रको माग वा स्थापना गरेकै आधारमा भोट दिइरहँदैनन्। सिद्धान्तत: कुनै मुद्दा वा व्यवस्था स्थापित गरेको भन्दैमा जनताले त्यो पार्टीलाई निरन्तर मत दिँदैन। यो कुरा कांग्रेसले आफ्नै इतिहासबाट सिके पनि हुन्छ।
अहिले कांग्रेस नेतृत्वले नेतृत्व के हो भनेर बुझ्नु पनि जरुरी छ। नेतृत्वको एउटा विशेषता भनेको भिडलाई डोर्याउनु पनि हो। भिडसँगै मिसिएर वा त्यसको लहलहैमा लागेर आफ्नो अस्तित्व बचाउने होइन।
आजको विश्वमा लोकतन्त्र सर्वस्विकार्य राजनीतिक व्यवस्था र सिद्धान्त हो। यो देशमा राणा शासन हटाएर लोकतन्त्र ल्याउन नेपाली कांग्रेसले आन्दोलन गर्यो। नेताहरुले जेलनेल भोगे। नेपाली राजनीतिको इतिहासमा लोकतन्त्रको वकालत गर्ने पुरानो पार्टी हो भनेर चिनिन्छ कांग्रेस। २०१५ सालमा नेपाली कांग्रेसको गरेको क्रान्ति र आन्दोलनको इतिहास धेरै पुरानो भएको थिएन। त्यो समय गराइएको निर्वाचनमा कांग्रेसले दुई तिहाइ जित हासिल गरेको थियो। त्यो बेला संविधानसभाको चुनावको योजना भने राजा महेन्द्रले तुहाइदिएका थिए। आज संविधानसभाबाट लेखिएको लोकतान्त्रिक संविधान छ। तर लोकतन्त्रको मसिहा हौं भन्ने कांग्रेस कमजोर प्रतिपक्ष भएर बसेको छ। किन त? किनकि कांग्रेससँग लोकतन्त्रको इतिहास छ तर लोकतान्त्रिक व्यवहार छैन। सात दशकअघि कांग्रेसको नेतृत्व अगाडि फर्किएर सोच्थ्यो। अहिले पछाडि फर्किएर सोच्छ। विश्वेश्वरप्रसाद कोइरालाको नाम निरन्तर बेच्छ कांग्रेस तर उनको सपना साकार पार्ने योजना वा कार्यक्रम ल्याउन सक्दैन।
अहिले कांग्रेस नेतृत्वले नेतृत्व के हो भनेर बुझ्नु पनि जरुरी छ। नेतृत्वको एउटा विशेषता भनेको भिडलाई डोर्याउनु पनि हो। भिडसँगै मिसिएर वा त्यसको लहलहैमा लागेर आफ्नो अस्तित्व बचाउने होइन। यस्तो डेमगग चरित्रले एकाध व्यक्तिलाई नेता भएको भ्रम दिलाउला तर वास्तविक नेता भने बनाउँदैन। यसबारे कांग्रेसको नेतृत्व बेलैमा सचेत हुन जरुरी छ। कार्यकर्ता हिन्दु राष्ट्रको पक्षमा छन् भन्दैमा नेतृत्व त्यतै बहकिनु हुँदैन। धर्म निरपेक्षता विरुद्धको बाटो उचित छैन भनेर बेलैमा कार्यकर्तालाई सम्झाउनु जरुरी छ। तर यो मामलामा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि मौन समर्थन देखाएको प्रतीत हुन्छ वा उनीहरु पर्ख र हेरेका अवस्थामा छन्। नेतृत्वको मौनताकै कारण कांग्रेसका आसलाग्दा युवा नेता विश्वप्रकाश शर्मा, गगन थापा पनि धर्म निरपेक्षताको पक्षमा बोल्न नसकिरहेको झैं देखिन्छ। तर नेतृत्वको मौनता र युवा नेतामा छाएको अन्योलले कांग्रेसको निष्ठामाथि नै प्रश्न उठ्न सक्छ।
आफ्नो चेतनालाई प्रतिगमनतिर धकेलेर पुनर्जीवन पाइँदैन भन्ने कुरामा कांग्रेस सजग हुनुपर्छ। तसर्थ पञ्चायतकालीन राजनीतिको मुद्दाको फेरो पकडेर हिँड्ने राप्रपाको बाटो कांग्रेसले रोज्नु हुँदैन।
यो संविधानसँग धेरैका धेरैखाले गुनासा छन्। खुद्रा मसिना गुनासा त सधैं नै रहला। परिवर्तनका आधार मानिएका ठूला एजेन्डा नै फरकफरक पक्षको असन्तुष्टि छ। धर्म निरपेक्षता मात्र होइन, गणतन्त्र र संघीयतासँग पनि मानिसका असन्तुष्टि छन्। असन्तुष्टिका बाबजुद अहिलेको परिदृश्यमा यी परिवर्तनमा प्रमुख आधार मानिएका छन्। परिवर्तनको आधार स्तम्भलाई भत्काउने होइन, अझ मजबुत बनाएर जानु एक लोकतान्त्रिक दलको जिम्मेवारी हो। संविधान बनाउने एक प्रमुख दलले नै धर्म निरपेक्षतामाथि प्रश्न उठाएपछि अन्य मुद्दा पनि पेचिलो बन्छ। एकभन्दा बढी प्रमुख मुद्दा पेचिलो बनेपछि राजनीतिक घटनाक्रम पेचिलो हुन सक्छ। राजनीतिलाई पेचिलो बनाउने कार्य एउटा लोकतान्त्रिक दलको लागि राम्रो होइन।
आफ्नो चेतनालाई प्रतिगमनतिर धकेलेर पुनर्जीवन पाइँदैन भन्ने कुरामा कांग्रेस सजग हुनुपर्छ। तसर्थ पञ्चायतकालीन राजनीतिको मुद्दाको फेरो पकडेर हिँड्ने राप्रपाको बाटो कांग्रेसले रोज्नु हुँदैन। यस्तो राजनीतिले नेपाली कांग्रेसको अस्तित्व र आकार पनि राप्रपाको जस्तै खुम्चिन्छ।
भानु बोखिमका थप लेख :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।