काठमाडौं- रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निष्काशनमा परेका पत्रकारको पुर्नबहालीका लागि धर्ना दिन रेडियो नेपाल पुगेका पत्रकारहरु पक्राउ परेका छन्।
आन्दोलनमा उत्रिएका पत्रकारले रेडियो नेपालमा तालाबन्दी गर्न लागेपछि प्रहरीले पक्राउ गरेको हो।
नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम विरही, मीन बम र दिलिप पौडेललाई प्रहरीले रेडियो नेपाल हाताबाट पक्राउ गरेको हो।
क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निष्काशित पत्रकारहरु प्रकाश बम, चक्र कुँवरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। पुनर्बहालीका लागि प्रशासनसँग भएको वार्ता विफल भएपछि रेडियो नेपाल हातामा नाराबाजी गर्दा आफूहरूलाई प्रहरीले पक्राउ गरेको प्रेस युनियनका महासचिव शिवाकोटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।