काठमाडौं- इन्डोनेसियाको योकर्ता सहरमा भइरहेको २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको छ।
नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै फाइनल यात्र तय गरेको हो।
नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग समान ३–० ले नै पराजित भएको थियो ।
यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए। अमरलाल मल्ल भने पराजित भएका थिए। मेन्स टिम इभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३–० ले पराजित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।