काठमाडौं- थाइल्याण्डमा आयोजना हुने थाइल्याण्ड विश्व फुटभलि च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली फुटभलि टिम थाइल्याण्ड जाने भएको छ।
विश्व फुटभली संघको निमन्त्रणमा थाइल्याण्ड जाने चार सदस्यीय टोलीलाई नेपाल फुटभलि संघका अध्यक्ष मनिष जोशी तथा टोखा वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले एक कार्यक्रमबीच बिदाइ गरे।
थाइल्याण्ड जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा हरि महर्जन, टिम प्रशिक्षकमा निरञ्जन डङ्गोल र खेलाडी द्वयमा बुद्ध महर्जन र कुमार लवट रहेका छन्।
टोलीलाई बिदाइ गर्दै संघका अध्यक्ष जोशीले नेपालमा फुटभली खेलको सम्भावनालाई मध्यनजर गर्दै राखेपमा दर्ता रहेको फुटभली संघको नयाँ कार्यसमितिको चयन आगामी कार्तिक मसान्त भित्र गर्ने जानकारी गराए। उनले नेपाली टोलीलाई शुभकामना दिंदै दक्षिण एशियामा नेपालले जित हात
पारिसकेको तथा एयिशन च्याम्पियनसिपमा निकैनै राम्रो प्रदर्शन गरिसकेको नेपालले यस विश्व च्याम्पियनसिपमा पनि आफ्नो छाप छोड्न सफल हुने विश्वास लिएको बताए।
विच भलिबल झै बालुवामा नै हातको प्रयोग विना खुट्टाको माध्यमबाट खेलिने फुटभलि च्याम्पियनसिप असोज १ देखि ४ गतेसम्म आयोजना हुनेछ। नेपाली टोली सोमबारनै त्यसतर्फ प्रस्थान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।