काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सरकारको काम परिवर्तन गर्न आग्रह गरेका छन्।
सोमबार सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन्। यसका साथै उनले 'अरिंगाल प्रवृत्ति' त्याग्न सुझाव दिएका छन्। यसो गरे परिवर्तन विरोधी तत्व आफै परास्त हुने सांसद थापाको तर्क छ।
'सरकारको गति र मति ठिक पार्नुहोस्। आफ्नो 'अरिङगाल प्रवृत्ति' छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्,' उनको स्टाटसमा उल्लेख छ।
उनले नेपाल स्वतन्त्र देश भएको उल्लेख गर्दै यो अधिकार पूर्वराजालाई समेत भएको उल्लेख गरेका छन्।
'कमरेड! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो। ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछ,' थापाको स्टाटसमा भनिएको छ, 'आफ्नो विचार राख्न पाउँछन्। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।