बैतडी- घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहरा छन्।
सोमबार स्थानीय छोटेधार थाँचर भिरबाट लडेर उनको मृत्यु भएको सिगास गाउँपालिका-८ का वडाअध्यक्ष कर्ण बहादुर ऐरले जानकारी दिए।
मृतक किशोरी शिबलिङ आधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।