काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि आर्चरी खेलाडीको छनोट सम्पन्न भएको छ।
जापान प्रशिक्षणपछि फर्किएर पोखरामा तयारी गरिरहेको टोलीबाट विभिन्न चार विधामा १६ खेलाडी छनोट गरिएको हो। खेलाडी छनोटका लागि तीन दिन छनोट प्रतिस्पर्धा गराइएको थियो।
जसअन्तर्गत पुरुष रिकर्भ बिधामा असिम शेरचन, रोशन नगरकोटी, डम्बर बहादुर थापा, तिलक पुन मगर छनोट भएका छन्। महिलाा रिकर्भमा मित्रा राई, ज्ञानु अवाले, बिष्णुमाया लिम्बु, आइसा तामाङ छनोट भएका छन्।
यसैगरी पुरुष कम्पाउन्ड बिधामा रमेश भट्टचन, सनातन मल्ल, योगेन्द्र शेरचन, मिन प्रसाद गौचन रहेका छन्। महिला कम्पाउन्डमा प्रसदा आचार्य, मोनिका राना, रश्मी दर्लामी र मन्जु बजगाइँ छनोट भएका छन्।
आउँदो मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरामा हुने १३ औँ सागमा आर्चरीका खेल पोखरामा नै हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।