काठमाडौं– नेपाली सेनाबाट शान्ति मिसनमा जाने सैनिकको दैनिक भत्तादरमा वृद्धि भएको छ।
सैनिक ऐन २०६३ बमोजिम गठिन सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले भत्ता बढ्ने निर्णय गरेको हो।
मिसनमा गएका तल्लो दर्जा सिपाहीले प्रति महिना पाउने १०२९ अमेरिकी डलरमा ८५ डलर वृद्धि गरी १११४ डलर पुर्याएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।
यसैगरी गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रतिमहिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८ अमेरिकी डलर २१ थप गरी प्रति महिना अमेरिकी डलर १३९९ डलर कायम गरिएको छ।
यसरी वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्न जान्छ।
व्ययभार बढ्ने भए पनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको सेनाले जनाएको छ। यसरी वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।