काठमाडौं- युइएफए च्याम्पियन्स लिगका खेलहरु मंगलबारदेखि सुरु हुँदै छन्। क्लब फुटबलकै ठूलो प्रतिस्पर्धा मानिने च्याम्पियन्स लिगको नयाँ सिजनका लागि नयाँ बल सार्वजनिक गरिएको छ।
च्याम्पियन्स लिग समूह चरणका खेलका लागि एडिडासले बनाएको नयाँ रंगिन बक्सहरु भएको बलमा च्याम्पियन्स लिगको पुरानो सम्झना गराउन खोजिएको युइएफएले जनाएको छ। त्यसमा विश्वभरका फुटबल खेलाडी र समर्थकको उत्साह देखाउन खोजिएको बताइएको छ।
नयाँ बलमा निलो, कालो, सेतो, हरियोलगायतका विभिन्न रंग संयोजन गरिएको छ।
जसमा खेलाडीहरुको सहजताका लागिसमेत विचार गरिएको युइएफएले जनाएको छ। त्यसमा बल पास दिँदा र सट हान्दा पनि निश्चित प्रहार गरिएको दिशामा जाने गरी बनाइएको र बाहिरी भागमा पानी धेरै नबस्ने डिजाइन भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।