काठमाडौं- मौसम प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान-अवतरण ठप्प भएको छ।
आन्तरिक र बाह्य उडानका सबै जहाजको उडान-अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।
बिहानैदेखिको पानी र बादलका कारओ चाइन साउदर्न चीनतिरै मोडिएकाे छ भने इन्डिगो एयरलाइन्स पनि डाइभर्ट भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।