काठमाडौं- ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप’ राष्ट्रिय पुरुष भलिबलको फाइनल खेल लगातारको बर्षाले बिथोलिएपछि शनिबार हुने गरी स्थगित भएको छ।
दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबार दुई सेट भएर स्थगित भएको थियो।
मंगलबार मध्यान्ह १२ बजे तोकिएको खेल बिहानदेखिको बर्षाका कारण रोकिएको थियो।
प्रतियोगिता संयोजक बिकास गुरुङले बर्षाका कारण नै फाइनल खेल शनिबारसम्मको लागि सारिएको बताएका छन्।
शनिबार बिहान ८ बजे ढोरपाटन क्लबकै कोर्टमा हुने तय भएको छ।
यो पनि पढ्नुहोस - पानीले बिगारेको भलिबल फाइनल, चारपटक कोर्ट पुगेर फर्किए खेलाडी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।