असोज २ गते नायर अष्ट्रेलियन एजुकेसन फेयर 

नेपाल लाइभ | २०७६ भदौ ३१ मंगलबार | Tuesday, September 17, 2019 २२:२३:०० मा प्रकाशित

काठमाडौं- नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ।

उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधानमा सघाउ पुर्‍याउन फेयर आयोजना गर्न लागेको हो। 

अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले फेयर गर्न लागिएको नायरले जानकारी दिएको छ।

‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रमहरु चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो।’

फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुनेछन्। 

अन्नपूर्ण होटलमा आयोजना गरिएको फेयर बिहान १० बजे सुरु भएर साँझ पाँच बजे सकिने बताइएको छ। फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएको छ। 

स्वर्ण रजत कास्य जम्मा
भारत
८१ ५९ २५ १६५
नेपाल
४१ २७ ४८ ११६
श्रीलंका
२३ ४२ ६९ १३४
पाकिस्तान
१९ २५ २९ ७३
बंगलादेश
१८ ५१ ७३
माल्दिभ्स
भुटान