काठमाडौं- अन्तिम १० मिनेटभित्र २ गोल गर्दै नापोलीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। ८२ मिनेटसम्म गोलरहित बराबरी खेलेको इंग्लिस क्लब लिभरपुलले अन्तिम समयमा गोल खाएको हो।
नापोलीका ड्राइस मार्टिनेजले ८२ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। च्याम्पियन्स लिगमा यो उनको १ सय १३औं गोल थियो। उनी लिगमा सर्वाधिक गोल गर्नेमा मारिक हाम्सिक (१२१ गोल) र डिएगो म्याराडोना (११५ गोल) पछि तेस्रो स्थानमा छन्।
इन्जुरी समयमा लिभरपुलका डिफेन्डरको असावधानीमा नापोलीका फर्नान्डो लोरेन्टले फाइदा उठाउँदै टोलीको लागि दोस्रो गोल गरेका थिए।
यसबाहेक मंगलबारनै भएको लिगको अर्को खेलमा भ्यालेन्सियाले चेल्सीलाई १-० ले पराजित गर्यो। खेलको अन्तिमतिर पाएको पेनाल्टीलाई सदुपयोग गर्ना नस्कदा चेल्सीले लिगको पहिलो खेलमै हार बेहोरेको हो। चेल्सीका रोस बार्क्ली पेनाल्टीमा चुकेका थिए।
यसअघि भ्यालेन्सियाका रोड्रिगोले ७४ मिनेटमा फ्रि-किकबाट गरेको गोल नै निर्णायक सावित भयो।
गएराति नै भएका अन्य खेलहरुमा अजाक्सले लिल्लीलाई ३-०, आरबी लिपजिगले बेनफिकालाई २-१, आरबी साल्जबर्गले केआरसी जेंकलाई ६-२ गोलअन्तरले पराजित गरे।
इन्टरमिलान र साल्भिया पराग्वे, लियोन र जेनिट सेन्ट पिटर्सवर्गले १-१ गोलको बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।