काठमाडौं- नेपाल वायुसेवा निगम सुधारका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
निगम सुधारका लागि आवश्यक सुझाव र निर्देशनसहित कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई प्रतिवेदन बुझाइएकाे हो।
गत साउन २२ गते पूर्व पर्यटन सचिव सुशील घिमिरेकाे संयाेजकत्वमा कार्यदल बनेको थियो।
कार्यदलले वित्तीय पुनर्संरचना गर्नुपर्ने, सञ्चालक समिति गठनमा स्पष्ट कानुन बनाउनुपर्ने, निगमलाई नाफा हुनेगरी नया रूट छनाेट गर्नुपर्ने लगायत सुझाव दिएको छ। तत्काल दुई वटा एयरबस ३२० खरिद गर्न पनि कार्यदलले सुझाव दिएको छ। निगम सुधारका लागि रणनीतिक साझेदारसमेत आवश्यक रहेको कार्यदलको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।