काठमाडौं- गिरेको साख सुधार गर्न राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधारका लागि तत्काल १३ वटा काम गर्नुपर्ने सुझावसहित कार्यादलले रिपोर्ट बुझाएको छ।
पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई समक्ष बिहीबार निगम सुधारसम्बन्धी रिर्पोट बुझाएको हो।
कार्यदलले निगमको छवि सुधार गर्दै नाफामा लैजान तत्काल १३ वटा काम गर्नु पर्ने सुझाव दिएको छ।
१. वित्तीय पुनर्संरचना सुधार
२. व्यवस्थापकीय पुनर्संरचना
३. संस्थागत पुनर्संरचना
४. गन्तव्यको विलेश्षण
५. विमान तथा उडान व्यवस्थापन
६. बजार व्यवस्थापन
७. मानव स्रोत व्यवस्थापन
८. सूचना तथा सञ्चार प्रविधि
९. सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन
१०. नेपाल फाइनान्सियल रिपोर्टिङ
११. कार्यसम्पादन सूचक स्थापित गर्ने
१२. संस्थागत सुशासन र गोपनीयतामा सुधार
१३. आन्तरिक नियन्त्रण प्रणाली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।