काठमाडौं- भारतीय एयरलाइन्स कम्पनी स्पाइस जेटले नेपालमा पुनः उडान गर्ने भएको छ।
नोभेम्बर पहिलो साताबाट उसले नेपालमा उडान गर्न लागेको हो।
काठमाडौंबाट दिल्ली र बम्बईमा सो एयरलाइन्सले दैनिक उडान सुचारु गर्न लागेको जनाइएको छ।
२०७२ को भूकम्पपछि सो एयरलाइन्सले नेपालमा आफ्नो उडान बन्द गरेको थियो।
चार वर्षपछि उसले फेरि उडान सुचारु गर्न लागेको हो।
उडानका प्रक्रियाका लागि एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया पनि थालनी गरको छ।
स्पाइसजेटले जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स् एजेन्ट (जिएसए)नियुक्त समेत गरेको छ।
जेनिथ ट्राभन्सका म्यानेजर दीपक मैनालीका अनुसार १/२ दिनपछि नै स्पाइस जेटको टिकट बुकिङ खुला गर्ने तयारी भएको छ।
काठमाडौंबाट नयाँदिल्लीमा थोरै मात्र उडान हुँदा हवाई भाडा पनि केही महिनायता महंगिएको थियो।
स्पाइस जेटले उडान सुरु गरेपछि भाडा घट्ने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।