काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशक पदमा पूर्वसचिव धरणीधर खतिवडा नियुक्त भएका छन्। खतिवडाले बुधबार पदबहाली गरेका छन्।
नेपाल लाइभसँगको कुराकानीमा खतिवडाले आफूले बुधबारबाट पदभार सम्हालेको जानकारी दिए। यसअघि पनि करिब ७ महिना महानिर्देशक भइसकेका खतिवडा दोस्रोपटक महानिर्देशक भएका हुन्।
झापाका खतिवडा नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।