काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई ऋण प्रवाह गर्ने नेपाली ऋणदाताले बढी ब्याज लिएको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ।
नेपाल एयरलाइन्स सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले नेपाल एयरलाइन्सलाई ऋण दिने संस्थाले मंहगो दरको ब्याज लिने गरेको निष्कर्ष निकालेको हो।
पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको कार्यदलले नेपाली ऋणदाताको ब्याज मंहगो भएकाले विदेशीदातासँग ६ देखि ७ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ।
निगमले जहाज खरिदमा लिएको ऋणलगायत अन्य प्रयोजनका लागि लिएको ऋणमा १० दशमदल ५० प्रतिशत ब्यादर प्रचलित दरभन्दा मंहगो भएकाले निगमलाई थप कमजोर बनाएको सो कार्यदलको प्रतिवेदनमा उल्लेख छ।
यसका लागि ऋणदाताहरुसँग छलफल गरी ऋणको ब्याजदर हालको भन्दा कम हुने गरी प्राप्त गर्न पहल गर्नुपर्ने रिर्पोटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।