काठमाडौं- आफूसँग भएका जहाज पूर्ण क्षमता उडान गर्न नसकेको नेपाल एयरलाइन्सलाई निगम सुधार कार्यदलले हेलिकोप्टर सेवा सञ्चालन गर्न सुझाव दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना अगाडि निगम सुधारका लागि आवश्यक राय सुझाव दिन गठन गरेको कार्यदलले यस्तो सुझाव दिएइको छ।
कार्यदलको संयोजक पूर्व पर्यटन सचिव सुशील घिमिरे रहेको थिए भने सदस्य सचिव मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेसहित पाँच सदस्य थिए।
कार्यदलले तयारी पारेको रिर्पोट मन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको रिपोर्टमा घाटामा गएको निगमलाई फाइदामा लैजान सक्ने आधारमा हेलिकोप्टर सञ्चालन पनि रहेको उल्लेख गरेका छन्।
निजी हवाई सेवा कम्पनीहरूले हेलिकोप्टरबाट मनग्य आम्दानी गरिरहेका कारण निगमलाई पनि फाइदामा लैजान हेलिकोप्टर सेवा सञ्चालन गर्नु उचित हुन सक्ने सुझाव दिएको छ।
नेपालको भौगोलिक अवस्थामा, सडक पहुँचको स्थिति र राज्यले प्रदान गरिरहेका सेवाको पहुँच तथा गुणस्तरका कारण हेलिकोप्टर सञ्चालन सेवाबाट अधिकांश सञ्चालन खर्च बाँड्न सकिन्छ।
स्टेसनहरु भइरहेको हुँदा कम्पनीलाई हेलिकोप्टर सेवा विस्तार गर्न थप सहज हुने सुझाव कार्यदलले मन्त्री भट्टराईलाई बुझाएको रिर्पोटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।