काठमाडौं- राजश्व अनुसन्धान विभागले ए एस हार्डवेयरवरुद्ध २२ करोड भन्दा बढी राजश्व चुहावट गरेको भन्दै मुद्दा दायर गरेको छ।
झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजस्व छली गरेको आरोपमा कामनपा-१२ स्थित ए.एस. हार्डवेयर विरुद्ध विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
हार्डवेयरका प्रोपाईटर सरला श्रेष्ठ समेत गरी ७ जना विरुद्ध सो रकम बराबर बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।
प्रतिवादी सरला श्रेष्ठले झुठ्ठा तथा नक्कली कर विजक मात्र खरिद विक्री गरेको देखिएको भन्दै मुद्दा दायर भएको हो।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको र सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरी भ्याट ६ करोड ८९ लाख र आयकर तर्फ १५ करोड ३६ लाख समेत चुहावट भएको विभागद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।