जनकपुर- एक बालिकालाई बलात्कार पश्चात हत्या गर्ने दुइ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ।
सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले असोज १ गते आजीवन कारावासको सजायको फैसला सुनाएको छ।
बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावास सहितको सजाय सुनाएको हो।
झण्डै एक वर्षअघि २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशीश यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए।
बालिकाको शव धानखेतको हिलोमा गाडिएको अवस्थामा फेला परेको थियो।
त्यसलगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।