काठमाडौं- संघीय संसद्को चालू अधिवेशन आज अन्त्य हुँदैछ। गत बैसाख १६ मा सुरु भएको संसद्को चौथो अधिवेशन आज अन्त्य हुन लागेको हो।
चालू अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम, बजेटअलावा केही महत्त्वपूर्ण विधेयकहरु पारित भएका छन्।
यस अवधिमा भूमिसम्बन्धी विधेयक, विज्ञापनसम्बन्धी विधेयक पारित भए। नागरिकता, पारमाणविक विधेयक भने यो अधिवेशनले टुंग्याउन सकेन।
संसद्मा प्रस्तुत भएका केही विधेयक भने विवादित रहे। व्यापक विरोध भएपछि गुठी विधेयक सरकारले फिर्ता नै गर्नुपरेको थियो। मिडिया काउन्सिलसम्बन्धी विधयेक, मानवअधिकार आयोगसम्बन्धी विधेयक व्यापक विरोधका बीच पारित हुन सकेको छैन।
केही विधेयकहरु भने संसदीय समितिमा छलफलका क्रममा छन्।
कर्मचारी समायोजन विधेयक तथा नागरिकतासम्बन्धी विधेयक संसदीय समितिमा लामो समयदेखि छलफलमा छन्।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्। दिउँसो २ः३० मा सुरु हुने सम्बोधन समसामयिक विषयवस्तु तथा सरकारको कार्यसम्पादनमाथि सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासामा केन्द्रित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।