काठमाडौं- नेपाल एयरलाइन्सले पछिल्लो समय साख गुमाउँदै गएको छ। ऋण मात्रै ३९ अर्बभन्दा बढी भएको एयरलाइन्सका २३ स्थानमा जग्गा तथा भवन रहेको छ।
नेपाल एयरलाइन्सको केन्द्रीय कार्यालय रहेको सुन्धारमा मात्रै १४ रोपनी ७ आना १ पैसा १ दाम जग्गा रहेको छ। साथै, काठमाडौ सिनामंगलमा ३४ रोपनी १३ आना, कुलेश्वरमा २ सय ७८ वर्गमिटर जग्गा र भवन, मोरङको विराटनगरमा ४ कठ्ठा १० धुर र मोरङकै जतुवामा ८ कठ्ठा जग्गा रहेको छ।
नेपालगञ्जमा १० कठ्ठा ६ धुर, बाँके सोनपुरमा ३ बिघा ७ कठ्ठा ३ धुर, बाँके मनिकापुरमा ५ बिघा १० कठ्ठा ११ धुर, मुस्ताङमा १ रोपनी १२ आना ३ पैसा २ दाम, पोखरामा २६ सय ३२ वर्गमिटर, दाङमा ५ कठ्ठा १४ धुर, भैरहवामा ७ कठ्ठा, सुर्खेतमा ९ कठ्ठा १० धुर जग्गा रहेको एयरलाइन्सले जनाएको छ।
यस्तै गोरखामा ५ आना २ पैसा ३ दाम, संखुवासभामा ४ सय ८० वर्गमिटर, कञ्चनपुरमा १ हजार १५ वर्गमिटर, कैलालीमा १० कठ्ठा, पर्साको वीरगञ्जस्थित आदर्शनगरमा ३ सय ८० वर्गमिटर, पर्साकै छपकैयामा २३ सय ७० वर्गमिटर, जुम्लामा ९ सय ४९ वर्गमिटर, खोटाङमा दुई रोपनी, हुम्लामा ३ सय २३ वर्गमिटर र बैतडीमा २ रोपनी ७ आना २ पैसा २ दाम जग्गा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।