काठमाडौं- हेक्टर हेरेराले खेलको अन्तिम समयमा गोल गरेपछि एट्लेटिको मड्रिडले जुभेन्टससँग अंक बाँडेको छ।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा २-१ ले पछि परेको जुभेन्टसलाई हेरेराले गोल गर्दै हारबाट जोगाएका थिए। यसअघि पहिलो हाफमा भने दुवै टोलीले गोल गर्न सकेका थिएनन्।
तर, दोस्रो हाफको तेस्रो मिनेटमै जुवान क्वाद्रादोको गोलबाट जुभेन्टसले अग्रता थियो। ६५ मिनेटमा ब्लर्स मातौडीले जुभेन्टसको अग्रता दोब्बर पारे।
५ मिनेटपछि एट्लेटिकोका स्टेफान साभिकले गोल गर्दै खेलमा फर्किने संकेत गरे। छ यार्डको घेराभित्रबाट उनले गरेको हेड बल गोलमा परिणत भएको थियो।
हारको नजिक पुगेको एट्लेटिकोलाई अन्तिम समयमा पाएको कर्नरमा गोल गर्दै हेरेराले उद्धार गरेका थिए।
बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।
समूह 'डी'अन्तर्गतकै अर्को खेलमा लोकोमोटिभ मोस्कोओनले जर्मनीको बायर लिभरकुशनमाथि २-१ को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।