काठमाडौं- चालु आर्थिक वर्षको पहिलो २ महिनामा ३.८७ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्ममा ५.६१ प्रतिशत चालु खर्च, १.१७ प्रतिशत पुँजीगत खर्च र ०.३५ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ।
कार्यालयका अनुसार चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४२ अर्ब ४५ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ। यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा त्यसको १.१७ प्रतिशत अर्थात् ४ अर्ब ७९ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ।
सरकारले वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ५९ करोड ५३ लाख रुपैयाँ बजेट खर्च भएको कार्यालयले जनाएको छ। यो रकम कूल विनियोजित रकमको ०.३५ प्रतिशत हो।
सरकारले ११ खर्ब १२ अर्ब रुपैयाँ कूल राजस्व संकलनको लक्ष्य राखेकोमा १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम कूल लक्ष्यको तुलनामा १२.४८ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।