काठमाडौं- विश्व फुटबल वरियतामा नेपाल एकैपटक पाँच स्थान माथि चढेको छ। पछिल्लो वरियतामा १ सय ६६ औँ स्थानमा रहेको नेपाल अहिले १ सय ६१ औँ स्थानमा पुगेको हो। गएको महिना एक स्थान तल खसेर १ सय ६५ बाट १ सय ६६ औँ स्थानमा पुगेको थियो।
नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्षमा रहेको भारत एक स्थान तल झरेर १ सय ४ औँ स्थानमा पुगेको छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५३ औं स्थानमा छ ।
नेपालपछि भुटान १ सय ८५ औँ स्थानमा, बंगलादेश १ सय ८७ औँ, श्रीलंका २ सय २ औँ, र पाकिसतान २ सय ३ औँ स्थानमा छन्।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ। एक स्थान माथि चढ्दै फ्रान्स दोस्रो स्थानमा पुगेको छ । एक स्थान तल झरेको ब्राजिल तेस्रो स्थानमा छ ।
वरियतामा सबैभन्दा राम्रो सुधार ग्रेनाडाले गरेको छ । १३ स्थान माथि चढ्दै ग्रेनाडा १६० औँ स्थानमा पुगेको हो। यस्तै सबैभन्दा खराब ११ स्थान तल झरेर निकारागुवा १४८ औँ स्थानमा र एस्वाटिनी १५० औँ स्थानमा छन्।
यी हुन् शीर्ष १५ देश
बेल्जियम
फ्रान्स
ब्राजिल
इंग्ल्याण्ड
पोर्चुगल
उरुग्वे
स्पेन
क्रोयसिया
कोलम्बिया
अर्जेन्टिना
स्वीट्जरल्याण्ड
मेक्सिको
नेदरल्याण्ड्स
डेनमार्क
इटाली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।