एजेन्सी– बुधबार रातिबाट सुरु भएको युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा प्रिमियर लिग क्लब आर्सनलले विजयी सुरुवात गरेको छ।
आर्सनलले इनट्राच्ट फ्र्यांकफर्टलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
जोसेफ विलकले खेलको ३८औंं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको फ्र्यांकफर्टले दोस्रो हाफमा थप दुई गोल खाएका थियो।
आर्सनलका लागि बुनायो साकाले ८५औं मिनेटमा दोस्रो गोल गरे भने त्यसको लगत्तै ३ मिनेटपछि पिएर एमरिकले अर्को गोल गरेपछि आर्सनल ३–० ले विजयी भएको थियो।
अन्तिम १० मिनेट भने आर्सनल १० खेलाडीमा सीमित भएको थियो। डोमिनिक कोहर रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। खेलको म्यान अफ दम्याच साका भएका थिए।
जितसँगै ३ अंक बटुलेको आर्सनल समूह एफको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।