एजेन्सी– युरोपा लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ। घरेलु मैदान वर्ल्ड टाफोर्डमा भएको खेलमा अस्टानालाई १–० गोलअन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफो ७३औं मिनेटमा १७ वर्षीय किशोर खेलाडी म्यासन ग्रिनवुडले गोल गर्दै म्यानचेस्टरलाई विजयी बनाएका थिए। सिनियर टोलीबाट गोल गर्दै म्यानचेस्टर जित दिलाएका म्यासन म्यान अफ द म्याच समेत चुनिएका थिए।
७५ प्रतिशत पोसेसन बल आफ्नो पक्षमा राखे पनि म्यानचेस्टर युनाइटेले अस्टानाको पोस्टमा २० वटा चार्ज हानेको थियो। अस्टानाले भने जम्मा ३ पटक मात्रै विपक्षीको पोस्टमा प्रहार गरेको थियो।
समूह एलको म्यानचेस्टर युनाइटेड जितसँगै ३ अंक जोडर शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।