काठमाडौं- नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स खेलमा दुई स्वर्ण जितेका छन्।
क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ। कमलले थप एक कांस्य पनि जितेका छन्।
त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य जिते।
प्रतियोगितामा विभिन्न २३ राष्ट्रका ६ सय भन्दा बढी खेलाडीले सहभागिता जनाएको उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्।
पदक विजेता टोलीलाई अध्यक्ष लामासहित उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भुपेन्द्र गुरुङ, सदस्य आनन्दकुमार यादव, गुण गुरुङलगायतले बिहीबार स्वागत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।