जनकपुर- शंकास्पद वस्तु राखिएको हल्लापछि भक्तजनहरुका लागि बन्द गराइएको जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर दुई घन्टापछि खोलिएको छ।
जानकी मन्दिर परिसरमा कुनै प्रकारको शंकास्पद वस्तु नभेटिएपछि फेरि भक्तजनहरुका लागि खुल्ला गरिएको हो।
मन्दिरमा शंकास्पद वस्तु राखिएको हल्ला चलेपछि मध्याह्न साढे १२ बजे प्रहरीले जानकी मन्दिरभित्र रहेका भक्तजनहरुलाई बाहिर निकालेको थियो, भक्तजनहरुलाई मन्दिर परिसर प्रवेशमा रोक लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।