काठमाडौं- सरकारले संविधान दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई समेत सम्मान गर्ने निर्णय गरेको छ। राणालाई सरकारले कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गर्ने भएको हो।
राणा २०७३ मा ३ वर्षे कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेकी हुन्। होटल लगायत विभिन्न क्षेत्रमा राणाको लगानी रहेको छ।
संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रका गरी कुल ६ सय २५ जानलाई पदक दिने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।