काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन, मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख। नेपाली जनताको दशकौंको सपना पूरा हुने दाबी।
२) मधेसवादी दललाई अलग राखेर जारी गरिएको संविधान स्वीकार्य नरहेको राजपाको भनाइ, मधेसस्थित विभिन्न कार्यालय लगायतका स्थानमा कालो झन्डा प्रदर्शन।
३) नेपालमा सञ्चालिन हेलिकोप्टर कम्पनीको उडान सुरक्षा मूल्यांकन सुरु, सेप्टेम्बरभित्रै सम्पन्न गर्नेगरी काम भइरहेको प्राधिकरणद्वारा जानकारी।
४) युरोपा लिग फुटबलमा आर्सनलको सुखद सुरुवात, फ्रान्कफर्ट ३-० गोल अन्तरले पराजित।
५) इजरायलमा कुनै पनि दलको बहुमत नआएपछि नयाँ सरकार गठन अन्योलमा, राष्ट्रपति रिभ्लिनले आइतबारदेखि परामर्श थाल्ने।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।