हवाई इन्धन र एलपी ग्यासको मूल्य घट्यो

नेपाल लाइभ | २०७६ असोज ३ शुक्रबार | Friday, September 20, 2019 १९:३६:०० मा प्रकाशित

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ।

साविकको मूल्यमा बाह्यतर्फ हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर तथा एलपी ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घटाइएको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए।

जसअनुसार काठमाडौंको हकमा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बाह्य उडानतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर र एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।

घटेको मूल्य शुक्रबार मध्यरातबाट लागू हुनेछ।

पेट्रोल, डिजेल र मट्टितेलको हकमा भने खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।