काठमाडौं- संयुक्त राष्ट्रसंघको ७४औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका छन्। महासभामा सहभागी हुन शनिबार ज्ञवाली न्यूर्योक जान लागेका छन्।
विगतमा प्रधानमन्त्री सहभागी हुने महासभामा यसपटक परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने भएका हुन्। मूलत: परराष्ट्रमन्त्रीहरूको सहभागिता हुने महासभामा नेपालबाट प्रधानमन्त्री नै जाने गर्दै आएका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारका क्रममा रहेकाले परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन्। १३ असोजमा ज्ञवालीले महासभालाई सम्बोधन गर्नेछन्।
न्ययोर्कमा सार्क विदेश मन्त्रीहरुको वार्ता हुने भएको छ। मन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।