गोरखामा ४ रिक्टर स्केलको भूकम्प

नेपाल लाइभ | २०७६ असोज ४ शनिबार | Saturday, September 21, 2019 ०९:४५:०० मा प्रकाशित

गोरखा- गोरखा केन्द्रबिन्दु भएर आज बिहान ४ रिक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो।

एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा ३ वटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।