काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले काम गरिरहेको दाबी गरेका छन्।
शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा ओलीले विरोधीहरुले भ्रम फैलाए पनि सरकारले राम्रो काम गरेको दाबी गरेका हुन्।
'सरकारले केही पनि गरेन भनेर विरोधीहरुले जनतामा भ्रम फैलाइरहेका छन्', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले नेपाल लाइभसँग भनिन्, 'यसबीच सरकारले आवश्यक कानुनहरु बनाएको छ। विकास निर्माणको कामलाई गति दिएको छ। तपाईंहरुले जनतामा गएर सरकारको कामबारे बताउनुस्।'
त्यस्तै, प्रधानमन्त्री ओलीले परिवर्तन विरोधीहरुले भ्रम फैलाएको भन्दै आक्रोश पोखेका थिए। 'दशैं बिदामा जिल्ला घुम्दा भ्रम चिर्नुहोस्', प्रधानमन्त्रीको आग्रह गरेका थिए।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि सम्बोधन गरेका थिए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।