नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असोज ४ शनिबार | Saturday, September 21, 2019 १९:२२:०० मा प्रकाशित

काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः

१) कीर्तिपुरवासीको विश्वासले नै आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेको प्रचण्डको भनाइ, गहिरो नाता रहेको भन्दै दिए माइतीघरको संज्ञा।

२) पैत्रिक सम्पत्ति हस्तान्तरणमा ५० प्रतिशत कर लगाउने हल्लामा सत्यता नभएको अर्थमन्त्री खातिवडाद्वारा स्पष्ट, बहसमै रहेको विषयमा अफवाह फैलाइएको आरोप।

३) सरकारले तोकेभन्दा बढी शुल्क मेडिकल कलेजले असुलेको भन्दै माइतीघरमा विरोध प्रदर्शन, नियमविपरीत शुल्क उठाउनेलाई कारबाहीको माग।

४) बर्नमाउथ इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लियो, साउथ ह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै ६ खेलबाट बनायो १० अंक।

५) खाडी क्षेत्रमा सेना पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, साउदीका तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध।

अब हेरौं पूरा समाचारः