काठमाडौं- अमृता लम्सालको कथासंग्रह 'हजुरआमाका कथा' बजारमा आएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ९ जना हजुरआमाहरूले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।
'हजुरआमाका कथा' किताबमा लम्सालका प्रकाशित तथा अप्रकाशित २३ कथाहरू समेटिएका छन्।
पुस्तकमा तीन जना नातिनी पुस्ताका अनुभव पनि छन्। विमोचनपश्चात् उक्त पुस्तकको परिचर्चा समेत गरिएको थियो।
किताब अक्षर क्रिएशन्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।