काठमाडौं- आइतबार एकसाथ तीन कृति सार्वजनिक भएका छन्। स्व. दाहाल यज्ञनिधिको निबन्धसङ्ग्रह ‘जदौ’, घनश्याम राजकर्णिकारको ‘प्रतिनिधि नियात्रा’ र वीणा पौड्यालको ‘वेदपुराणका रत्नहरू’सार्वजनिक भएका हुन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रूपमा कृति विमोचन गरे।
शमी साहित्य प्रतिष्ठानले तीनवटै कृति प्रकाशन गरेको हो। 'जदौ' दिनेश लुइँटेलले संकलन एवम् सम्पादन गरेका हुन्।
प्रतिष्ठानको एघारौं वार्षिकोत्सव तीन साहित्य प्रतिभालाई सम्मान गरिएको छ। १ लाख १ हजार १ सय १ रुपैयाँको ‘शमी साधना सम्मान’ माधव भँडारीलाई प्रदान गरिएको छ भने ‘शमी युवा प्रोत्साहन पुरस्कार’ गायिका मेलिना राई र ‘शमी–समता लैङ्गिक अध्ययन पुरस्कार’ आश्वासन दाहाललाई प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।