वीरगञ्ज- बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदाताहरु उत्साहपूर्वक सहभागी भइरहेका छन्।
यतिबेला प्रदेश २ का ८ जिल्लामा मतदान जारी छ। मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएका थिए। अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ। तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ।
मतदान बेलुका ५ बजेसम्म चल्नेछ। अशक्त र वृद्धवृद्धा समेत मतदानमा खुसीसाथ उपस्थित भएका छन्।
प्रदेश २ का विभिन्न मतदान केन्द्रमा सहभागी मतदाताहरु-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।