थाइल्यान्डमा सकियो नेपाली नाच, सोनम बनिन् विजेता 

नेपाल लाइभ | २०७६ असोज ११ शनिबार | Saturday, September 28, 2019 १८:०४:०० मा प्रकाशित

थाइल्यान्ड- थाइल्यान्डमा रहेका नेपाली मूलका मानिसहरू सहभागितामा डान्स टिएनए डान्स प्रतियोगिता सम्पन्न भएको छ। 

राजधानी बैंककमा सम्पन्न भएको कार्यक्रम थाइ नेपाली संघ सांस्कृतिक विभागले आयोजना गरेको थियो। 

डान्स प्रतियोगिता थाइल्यान्डमा रहेका नेपालीहरुको लागि समेत चासो र चर्चाको विषय भएको छ। नेपाली डायस्पोरामा नेपाली भाषा र संस्कृतिको संरक्षणमा विशेष भूमिका खेल्दै आएको संस्था हो। 

थाइल्यान्डभरबाट अडिसनबाट छानिएका ३१ जना प्रतियोगीहरुबाट छनोट भएकामध्ये २० जना अन्तिम प्रतियोगीमध्ये चियांगमाइकी सोनम सुतार कार्की प्रथम, बैंकककी प्रितम भट्टराई  दोस्रो र टिना श्रेष्ठ तेस्रो भएका छन्। 

पहिलो हुने सोनमले ५० हजार थाई भाट,दोस्रो हुने प्रितमले ३० हजार तेस्रो हुने टिनाले २० हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन्।