अत्याधुनिक क्याथल्याब उद्घाटन गर्दै नर्भिकले मनायो विश्व मुटु दिवस
काठमाडौं- नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक क्याथल्याब सेवा उद्घाटन गरेको छ। विश्व मुटु दिवसका अवसर पारेर कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको समुद्घाटन गरेका हुन्।
नयाँ क्याथल्याब नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथल्याबपछिको तेस्रो पुस्ताको क्याथल्याब हो। नविनतम सुविधा र प्रविधिले सुसज्जित सो सेवा मुटुका रक्तनली,हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित र छिटो सकिन्छ।
यसका साथै नर्भिकले विविध कार्यक्रम गरी शनिबार विश्व मुटु दिवस मनाएको छ। विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिना २९ मा यो दिवस मनाइन्छ। यो दिवस मनाउन २००२ देखि सुरु भएको हो।
नर्भिकमा आयोजित समारोहमा नर्भिकमा गत वर्ष सफल मुटुरोग उपचार गराई स्वस्थ जीवनयापन गर्दै आएका बिरामीसमेत सहभागी थिए। अध्यक्ष चौधरीको अध्यक्षत्वमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नर्भिकका मुटुरोग विभागका निर्देशक प्रा. डा. यादवदेव भट्ट, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जे.पी. जैसवाल लगायतका वक्ताहरुले मुटुरोगका विविध विषयहरुमा प्रकाश पारेका थिए।
नर्भिक बहुआयामिक, बहु विशेषता भएको हस्पिटल भएकै कारण नर्भिकमा उपलब्ध पेट तथा कलेजो रोग, पेट सम्बन्धी शल्यक्रिया प्रसूति तथा स्त्रीरोग, स्नायुरोग तथा स्नायु शल्यक्रिया जस्ता विधामा समेत नर्भिकको सेवा उच्चस्तरको रहेको डा. भट्टको भनाइ थियो। गत वर्ष नर्भिकमा जटिल मुटुरोगको उपचार गराउने करिब २०० जना बिरामीहरूमध्येका डा. प्रेम राज वैद्यले नर्भिकमा आफूले उपचार अनुभव सेयर गरेका थिए।
विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु/गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहीआएको छ।
सूर्ती तथा सूर्तीजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार-व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर कै मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र रोगीहरु बढ्दै गइरहेका छन्। हाल विश्व भरका १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन्। नेपालमा पनि शहरी जनसंख्याको करिब ७ देखि ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन्।
विश्व मुटु दिवस मनाउने सिलसिलामा नेपाल लगायत विश्वका १५० भन्दा बढी देशमा अर्थात् विश्वभर नै मुटुरोग परीक्षण शिविरहरू, रोगबारे जनचेतना तथा रोकथामका उपायहरूबारे प्रवचन शिक्षामूलक प्रशिक्षण तथा अन्य विविध कार्यक्रम गरिन्छ।
यस वर्षको विश्व मुटु दिवसको नारा 'स्वस्थ मुटुको नायक बनौं' रहेको छ।
स्वर्ण | रजत | कास्य | जम्मा | |
---|---|---|---|---|
![]() |
८१ | ५९ | २५ | १६५ |
![]() |
४१ | २७ | ४८ | ११६ |
![]() |
२३ | ४२ | ६९ | १३४ |
![]() |
१९ | २५ | २९ | ७३ |
![]() |
४ | १८ | ५१ | ७३ |
![]() |
१ | ० | २ | ३ |
![]() |
० | ० | ६ | ६ |
- कुस्तीमा नेपालले जित्यो एक रजत र तीन कास्य
- छोराले गरे वृद्ध बाबुआमाको हत्या
- भोपाल ग्याँस काण्डः ३५ वर्षपछि पनि उस्तै छ पीडा [फोटो फिचर]
- सुदूरपश्चिमका ७ सय ३४ वडामै बैंकिङ पहुँच पुर्याइने
- साग ह्याण्डबल : सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्ने
- नेपाल लाइभ समाचार [भिडियो]
- डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धानका लागि डा श्याम प्रकाशलाई विज्ञान प्रविधि पुरस्कार
- डडेल्धुराका ८ वर्षीय बालक ५ दिनदेखि बेपत्ता
- पत्रकारमाथि वडाध्यक्षको हातपात
- बलात्कार आरोपी सिद्धबाबालाई ७ दिन थुनामा राख्न अदालतको आदेश
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हारभित्रको कथा : नेपाली बाआमाकी भारतीय छोरी!
- साग फुटबल : खेल तालिकामै नेपालबाहेक सबै देशको विरोध
- पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढ्यो
- धरानमा किन हार्यो नेकपा?
- पतिसँग ८ मतले पराजित अच्छेलाल पत्नीसँग ११ मतले हारे
- वडा अध्यक्षमा कुन पार्टी कति ठाउँमा विजयी? (अपडेट)
- उपनिर्वाचनमा पूर्वमाओवादीलाई ‘धोका’
- विश्वको खतरनाक एयरलाइन्समा तारा एयर
- गोल्ड मेडल जितेपछि भावुक भइन् आयशा
- भारतीय खेलाडीलाई दिलाइएको हार!
- कांग्रेसले जितेको प्रचार भएको बाजुरा त्रिवेणी १ नेकपा विजयी
- शिथिल अर्थतन्त्रको ओदान: उत्पादकत्व, प्रतिस्पर्धा र लगानी
- मतदान सम्पन्न, मत गणना आजैदेखि
- त्यो अङ्गालो : सागमा पदक जितेका एक दर्शक!
- कास्की क्षेत्र नं. २ नेकपा अघिअघि, पछ्याउँदै कांग्रेस
- नेपालको गुमेको दुई अंक
- विराटनगर जुट मिल्स घोटाला २: राजपा नेता अनिलकुमार झालाई भ्रष्टाचारमा मुद्दा चलाउन न्यायिक आयोगको सिफारिस
- साग खेलकुद : सोमबार कुन खेल कहाँ?
- साग स्वर्णमा नेपाललाई भारतले उछिन्यो
- अर्थविद् विश्व पौडेलको विश्लेषण - उपनिर्वाचनमा कांग्रेसको मत ५२. ८ प्रतिशत बढ्दा नेकपाको १.७ प्रतिशतले वृद्धि