अमेरिकन पेस्तोल र लागु औषधसहित २ जना पक्राउ   

नेपाल लाइभ | २०७६ असोज १२ आइतबार | Sunday, September 29, 2019 १८:१२:०० मा प्रकाशित

काठमाडौं– सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवाबाट हातहतियार र लागूऔषध सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।     

पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका–५ मगर टोल बस्ने २७ वर्षीय करण कुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्। 

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल १ थान, त्यसको म्याग्जिन २ थान तथा गोली ३ राउण्ड,  नियन्त्रित लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागु औषध डाईजेल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद भएको छ। 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।