• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुख सचिवालयको खण्डनका ५ कमजोरी

64x64
किशोर दहाल मंगलबार, असोज १४, २०७६  १०:४०
1140x725

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लागेको छ। आरोप लगाउने महिला र सभामुख महराबाट घटनाबारे प्रारम्भिक प्रतिक्रियाहरु सार्वजनिक भइसकेका छन्। महिलाले महरा रक्सीले मातेर आफ्नो कोठामा आएको र जबर्जस्ती गरेको बताएकी छिन् भने महराले यो आरोपलाई कर्मचारी समायोजनसँग जोडेका छन्।

सोमबार नै सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि महराको सचिवालयले खण्डन सार्वजनिक गर्‍यो। उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको सो खण्डनमा महराको केही कमजोरीको संकेत पाइन्छ।

स्वतन्त्र छानबिन होस् भनिएन
सामान्यतया आरोप लागिसकेपछि उच्च पदमा रहेका व्यक्ति वा उसको सचिवालयले खण्डन गर्नु सामान्य नै हो। तर, खण्डन गर्दैमा त्यो नै अन्तिम सत्य भन्ने हुँदैन। आरोप निराधार हो, त्यसका लागि म स्वतन्त्र छानबिनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्छु/गर्छौं भन्नु अपेक्षित हुन्छ। तर, सभामुखको सचिवालयले निकालेको खण्डनमा त्यस्तो केही छैन। आफ्नो कुरा भन्नेबाहेक त्यसको स्वतन्त्र पुष्टि गराउने विषयमा कुनै माग गरिएको छैन। सभामुखको तर्फबाट सहयोगको प्रतिबद्धता पनि गरिएको छैन।

आरोपकर्तालाई कारबाहीको माग गरिएन
सभामुखको सचिवालयमार्फत सार्वजनिक विज्ञप्तिलाई मात्रै पत्याउने हो भने उनी दोषी छैनन्। उनलाई आरोप मात्रै लगाइएको सो खण्डनको निष्कर्ष छ। तर, सभामुखजस्तो उच्च पदस्थमाथि आरोप मात्रै लगाउने मनशाय राखिएको भन्ने बुझाइ हो भने आरोपकर्तालाई उचित कारबाहीको माग गरिएन। सभामुख निर्दोष हुनुहुन्छ, सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, त्यसैले आरोप लगाउनेलाई कारबाही होस् भन्न सक्नुपर्थ्यो। तर, त्यसो गरिएन।

कठपुतलीको संज्ञा
सचिवालयको खण्डनमा भनिएको छ- ‘सभामुखको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुष्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ।'

nimb
nimb
Ncell 2
Ncell 2

कठपुतली शब्दले अर्कोको इसारामा नाच्ने वा गतिविधि गर्ने भन्ने अर्थ दिन्छ। अर्थात्, ती महिलालाई अरु कसैले महराको व्यक्तित्वलाई गलाउन नसकेपछि यस्तो आरोपको खेल रचिएको खण्डनको आशय छ। यस्ता शब्दावलीले घटनालाई अन्तै मोड्न गरिएको आशंका गर्न सकिन्छ। महिलाले आफूमाथि जबर्जस्ती करणी भयो भनेर भन्दाभन्दै पनि अरु कसैले उनलाई प्रयोग गर्‍यो भन्ने आशयको खण्डनले प्रश्न उठाउँछ- के कोही अरुको इसारामा बलात्कृत भएँ भनेर गुहार गर्छ?

महिलाको कोठामा गएको कि नगएको?
सभामुख महरा बेलुका महिलाकै कोठामा गएर त्यहीँ जबर्जस्ती गरेको कुरा उनको तर्फबाट आएको छ। सभामुखले पनि विभिन्न सञ्चारमाध्यममा कुरा गर्दै आफू गएको स्वीकार गरेका छन्। तर, सचिवालयको खण्डनमा भने उनी कतै नगएको उल्लेख छ। भनिएको छ- ‘सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रस्ट पार्न चाहन्छु।‘

स्वयं सभामुख महराले स्वीकार गरिसकेको विषय सचिवालयले छोप्न खोजेको छ। जसले घटनालाई झन् रहस्यमयी बनाइदिएको छ।

खण्डनको भाषाः महराको कि सचिवालयको?
सचिवालयको भाषा स्वाभाविक रुपमा सभामुखको तर्फबाट आफ्नो कुरा भन्ने नै हो। सोमबारको खण्डनमा पनि सो कुरा प्रयोग गरिएको छ। तर, कर्मचारी समायोजनको विषयमा भने सभामुख नै बोलेका छन्। भनिएको छ- ‘… तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए।‘

मैले भनेर यहाँ पक्कै पनि प्रेस संयोजक मल्ललाई भन्न खोजिएको होइन होला। किनकि, त्यहाँ अर्का दुई निकायहरु सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयको कुरा छ र त्यसकै दाँजोमा आफूलाई उभ्याइएको छ। प्रेस संयोजककै भाषा हुन्थ्यो भने ‘सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए’ भन्ने खालको भाषा प्रयोग हुनुपर्थ्यो।

सम्बन्धित समाचार

  • गम्भीर आरोप लागेका सभामुख महरालाई नेता थापाको आग्रह– पदबाट अलग भएर छानबिनमा सघाउनुस्

  • 'अभिभावक ठानेको सभामुख महराबाटै यस्तो व्यवहार...!'

  • ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास गरिएको छ : सभामुख

  • सभामुख महरालाई गम्भीर आरोप लगाउने महिला भन्छिन्- सुरक्षा 'थ्रेट' आइरा'छ

  • सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र... बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली ‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ । आज लोकतन्त्रको पुन: सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ’, उनल... बिहीबार, साउन ७, २०८३
चीनको साताव्यापी भ्रमणमा निस्किए पूर्व प्रधानमन्त्री झलनाथ खनाल खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्