नयाँ दिल्ली– कहिले स्लेजिङ त कहिले फिक्सिङ, अझ मैदानमा अन्य खेलाडीसँग झगडा गर्दै गरेको प्रायः देखिने दक्षिण अफ्रिकी क्रिकेट खेलाडी एक महिलालाई १ सय ५० पल्ट बलात्कार गरेको आरोपी प्रमाणित भएका छन्। उनलाई अफ्रिकाको अदालतले १८ वर्ष जेल सजायको निर्णय गरेको छ। डायन तलजार्डको रेकर्ड त्यति राम्रो छैन।
उनले पाकिस्तानविरुद्ध क्रिकेट खेलेका थिए। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक समेत गरिसकेका छन्। उनी माथि पहिले नै बलात्कारको आरोप लागेको थियो। पीडित महिलाले प्रतिष्ठालाई देखाएर डायनले आफ्नो यौन शोषण गर्ने गरेको बयान दिएकी थिइन्। मार्ने धम्की र बलात्कारको लगातार पीडा सहेपछि कुनै बेला ती महिलाले आत्महत्याको प्रयास पनि गरेकी थिइन्।
२०१५ मा पीडित महिलाले पुलिसमा उजुरी दिएपछि यो घटनाको भण्डाफोर भएको हो। अदालतले डायनको कुनै तर्क पनि सुन्न चाहेन्। उनलाई सिधै अदालतमा हाजिर हुन आदेश दिइएको थियो। डायनले १९९८ मा पाकिस्तानविरुद्ध ६ विकेट लिएका थिए, जसमा हयाट्रिक पनि समावेश थियो। उनले पाकिस्तानका त्यतिबेलाका चर्चित खेलाडी युसुफ योहाना, अजहर महमुद र सईद अनवरलाई आउट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।