काठमाडौं- आठ महिनाअघि भंग भएको नेविसंघको तदर्थ समिति गठन गर्दा उमेर हद कायम गर्न माग गर्दै बुधबार विद्यार्थीहरुको एक समूह देउवा निवास पुगेको थियो।
देउवा निवास बुढानिलकण्ठमा पुगेका विद्यार्थी नेताहरुले नेविसंघको तदर्थ समिति गठन गर्दा विगतमा गरिएको निर्णय बमोजिम ३२ वर्ष भन्दा बढी उमेर भएको व्यक्तिलाई तदर्थ समितिमा नल्याउन आग्रह गरेका थिए।
संसोधित विधान अनुरुप तदर्थ समिति गठन हुनुपर्ने उनीहरुको माग थियो।
देउवाले संसोधित विधान १२ औं महाधिवेसनपछि मात्रै कार्यान्वयन हुने जवाफ फर्काएका थिए। निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेको समूहबाट देउवालाई भेट्न गएका विद्यार्थी नेताहरुले उमेर हद कायम नभए आमरण अनसन बस्ने चेतावनी दिए।
त्यसपछि अलि आक्रोसित मुद्रामा प्रस्तुत भएका देउवाले विद्यार्थीहरूको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।
पूर्व केन्द्रीय सदस्यहरुको टोलीको चेतावनीको प्रतिउत्तर दिँदै देउवाले भने, ‘आमरण अनसन बस्ने भए बस।’
१२औं महाधिवेशनका लागि २० बढी जिल्लामा अधिवेसन संसोधित विधान अनुसार भएको स्मरण उनीहरुले सभापति देउवालाई गराएका थिए।
जिल्ला अधिवेसन भईसकेका सन्दर्भमा के हुने? भनी विद्यार्थी नेताहरुले राखेको जिज्ञासामा देउवाले भने ‘त्यो हुन्न,हुन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।