नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असोज १५ बुधबार | Wednesday, October 02, 2019 १९:१७:०० मा प्रकाशित

काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः

१) राष्ट्रपति सीको नेपाल भ्रमणअघि चिनियाँ रेकी टोली नेपालमा, विमानस्थलको निरीक्षण गरी आजै चीन फर्कियो ।

२) वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका हकवालालाई अब स्थानीय तहबाटै आर्थिक सहायता, मृत्यु भएको एक वर्षभित्र निवेदन दिइसक्नुपर्ने ।

३) भैरहवा भन्सारमा दशैं–तिहारको चहल पहल बढ्यो, लत्ताकपडादेखि सवारी साधनसम्मको आयातमा वृद्धि ।

४) नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने, २७ खेलमध्ये नेपालले १३ प्रतियोगितामा भाग लिने ।

५) र, आफूमाथि महाअभियोग नभई ‘कू’ को प्रयास भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, जनताको शक्ति र मत खोस्न लागी परेको तर्क ।

पूरा समाचार भिडियोमा