लाहोर– पाकिस्तानका अपदस्थ प्रधानमन्त्री नवाज शरिफकी अस्वस्थ श्रीमती कुलसुले सोमबार लाहोर उपनिर्वाचनमा जित हात पारेकी छिन्। पनामा पेपर लिक भएपछि प्रधानमन्त्री हुन अयोग्य घोषणा गरिएका शरिफको निर्वाचित क्षेत्रमा पुनः निर्वाचन भएको थियो। जुन सिटमा शरिले श्रीमतीलाई उठाएका थिए।
बेगम कुलसुमको लन्डनमा क्यान्सरको उपचार भइरहेको छ। उनको अनुपस्थितिमा छोरी मरियम नवाजले आमाको निर्वाचन अभियानको नेतृत्व गरेकी थिइन्।
कुलसुमको प्रतिस्पर्धामा पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीबाट यास्मिन रासिद उठेकी थिइन्। तहरिक-ए-इन्साफ क्रिकेटरबाट नेता भएका इमरान खानको पार्टी हो। लाहोर शरिफको पक्कड क्षेत्र मानिन्छ।
२८ जुलाईमा पाकिस्तानको उच्च अदालतले शरिफलाई भ्रष्टाचारका कारण प्रधानमन्त्री बन्न अयोग्य घोषणा गरेको थियो। निर्वाचन आयोगका प्रवक्ताले बेगम कुलसुमले कूल ५९ हजार ४ सय १३ मत प्राप्त गरेको र उनी १३ हजारभन्दा बढी मतले विजयी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।