काठमाडौं– समाजवादी पार्टीका संघीय अधयक्ष डा बाबुराम भट्टराईले महरा प्रकरणलाई सत्ता शक्तिको धाकमा युटर्न गराइएको संकेत गरेका छन्।
रोशनी शाहीले सभामुख कृष्णबहादुर महराबाट बलात्कृत भएँ भनेर सुरुवातमा अभिव्यक्ति दिए पनि पछि बोली फेरेकी थिइन्।
'सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने! परपुरूषगमन गरेबापत अर्को पुरूष/लोग्नेले घरनिकाला गर्ने! यो राम-रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म? यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति, कणहरू?', भट्टराईले ट्विट गरेका छन्।
बिहीबार मात्रै शाहीका पतिले आफूहरु अगल अलग बस्ने निर्णय गरेको हस्ताक्षरसहितको फोटो राखेका थिए।
भट्टराईले मंगलबार पनि सत्ताशक्ति र धनको बलमा बलात्कार/हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले गरिरहेका र हिजोका क्रान्तिकारी कमरेडहरूले पनि सत्तामा पुगेपछि त्यही हर्कत गर्ने हो भने त्यत्रो वलिदानको के अर्थ रह्यो भन्दै प्रश्न गरेका थिए। 'रातो झण्डा ओढ्दैमा असत्य र अन्याय टिक्दैन', उनले चेतावनी दिएका थिए, 'सबैलाई चेतना भया!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।