काठमाडौं– लागुऔषध मुद्दामा ६ वर्ष कैदको फैसला सुनाइएका फरार व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२३ सबैठवा बस्ने ३६ वर्षीय सोनालाल प्रसाद कुशवाह छन्। उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ स्थित राधेमाई चोकमा फेला पारी पक्राउ गरेको हो।
लागु औषध मुद्दामा जिल्ला अदालत पर्साले २०७१ कात्तिक १० गते उनलाई ६ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनको साथबाट त्यसबेला खैरो हिरोइन फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।